काठमाडौं, २ जेठ । पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । आफूलाई जारी भएको पक्राउ पूर्जिविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले सो आदेश गरेको हो ।
न्यायाधीश ऋषिराज भडारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन् ।अदालत स्रोतका अनुसार यो आदेशअनुसार ५ गतेसम्म प्रहरीले पक्राउ गर्न सक्ने छैन ।












