कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्नेः सभापति देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० जेठ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आज (शुक्रबार) कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले मुलुकका सवै राजनीतिक तहमा सवैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् ।

समावेशी नेतृत्व बिकासका लागि पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयको भएकाले कुरामा नभइ काममा ध्यान दिनुपर्ने जिकिर गरे । उनले समावेशी नेतृत्व बिकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्