आजदेखि ‘द भ्वाइस किड्स’को चौथो सिजन शुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० जेठ । चर्चित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’को चौथो सिजन आजदेखि शुरु हुँदैछ। हिमालय टेलिभिजन एजडीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे यो शो हेर्न सकिने छ।

यस सिजनमा सत्यराज आचार्य र खेम सेन्चुरी नयाँ कोचका रूपमा रहेका छन्। मिलन नेवार र मेलिना राईलाई कोचका रुपमा निरन्तरता दिइएको छ। द भ्वाइस किड्सले ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई गायनको मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ।

डिजिटल अडिशनमा सहभागी पाँच हजार प्रतिस्पर्धीमध्ये ८० जना ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। ​ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिन्छन्। त्यसबाट लाइभका लागि २४ जना अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुग्ने निर्देशक पौडेलले बताए। ८ जना मध्येबाट विजेता छानिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्