किसानले पाएनन् चैते धानकाे मूल्य, गत वर्ष ३ हजार प्रतिक्विन्टल, याे वर्ष २२०० मात्रै

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं ।जिल्लाका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन्।  मध्यबिन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दस क्विन्टल धान उत्पादन गरेका छन्।

तर, प्रतिक्विन्टल मात्र दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन्।  गत वर्ष तीन हजारभन्दा अधिक मूल्यमा उनले एक क्विन्टल धान बेचेका थिए। 

बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएका बताउँछन्। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो। उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएको उनले बताए।

गैंडाकोटका किसान मानबहादुर थारुले दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको गुनासो गरे। हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ। सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए।

भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुन सक्ने उनको भनाइ छ। यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैतधान रोपिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्