काठमाडौं, जेठ २६ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफुहरुको राखेका मागका बिषयमा सत्तापक्ष गम्भिर नभएको बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने बिषयमा पटक पटक छलफल भएपनि सत्तापक्ष गम्भिर नभएको बताउनुभएको हो । आफुहरुले उठाएका मागका बारेमा कांग्रेसका नेताहरु असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उहाले बताउनुभयो । परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानविन समिति बनाउनका लागि प्रस्ताव गरेपनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गर्नुभयो ।
परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सवै समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।












