मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन- पोखरेल

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताउनुभएको हो ।

उहाले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षैत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरु सुरक्षित रहेको जिकिर गर्नुभयो । त्यस्तै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने धारणा राख्नुभयो । उहाले स्थानीय निर्वाचनमा जनताको लोकप्रीय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उम्मेद्वारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दावी गर्नुभयो ।

कार्यक्रममा पोखरेलले निष्पक्षढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्