राजेश पायलदेखि रचना रिमालसम्मको स्वरमा शंकर बिसीको ‘परदेश हिँडियो’(भिडियो )

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । लोकप्रिय कलाकार तथा निर्देशक शंकर बिसीको नयाँ गीत ‘परदेश हिँडियो’ सार्वजनिक भएको छ। नेपाली समाजको यथार्थ र परदेशी जीवनको पीडा समेटिएको यो गीतले स्वदेश र परिवारको माया बोकेका लाखौं युवाको कथा सुनाएको छ।

गीतमा शंकर बिसीको शब्द र राम कुमार नेपालीको संगीत रहेको छ। सशक्त आवाजका साथ गीतमा राजेश पायल राई, शिव परियार, राम कुमार नेपाली, रचना रिमाल र साइरज खातीले स्वर दिएका छन्।

भिडियो निर्देशन पनि बिसी स्वयंले गरेका छन्। परदेश जान बाध्य एउटै गाउँका पाँच साथीहरूको कथा भिडियोको मुख्य विषय हो। घरको जिम्मेवारी काँधमा लिएर ‘भविष्य बनाउने सपना’ लिएर परदेश लागेका युवाहरूको भावना बिसीले गहिरो ढंगले चित्रण गरेका छन्।

भिडियोमा फिचरमा कलाकारहरू शुरवीर पण्डित, रमा थपलिया, शंकर बिसी, बिमल अधिकारी, सारिका केसी, ओबी रायामाझी, दिपेन्द्र सोनाम, उषा सुबेदी, लोशिना लामिछाने, रबिना बसेल, धर्मराज पोखरेल र प्रयुसा पराजुली छन् ।

छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ति मगरले गरेका हुन । परदेशी मनका भावनालाई बोल्ने यो गीतले संगीतप्रेमी र परदेशी जीवन भोगिरहेका नेपालीहरूलाई गहिरो छुन सक्ने विश्वास गरिएको छ।

गीत अहिले शंकर बिसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्