रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

न्युज कारखाना
  • ख-
  • ख+

बुटवल, ६ मंसिर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् ।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्