तीन दिनपछि सुरु भयाे बझाङकाे मतगणना

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, ६ मंसिर

बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो ।

मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४  गरी ८ स्थानबाट हुनेछ ।

बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालोबाट ऐन महर प्रतिनिधिसभा  सदस्य पदका उम्मेदवार छन् ।  यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्