राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गऱ्यो नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन 

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो सार्वजनिक गरेको छ।

मङ्गलवार अनामनगरस्थित एक रेष्ट्रोमा कार्यक्रमको आयोजना गर्दै भित्ते पात्रो सार्वजनिक गरिएको हो।  गोकर्णोश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, काठमाडौँ महानगरपालिका २९ का अध्यक्ष कुश कुमार ढकाल, गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, पर्ल्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाल, अध्यक्ष चन्द्रमणि गौतम  लगायतले सामूहिक रूपमा भित्ते पात्रो विमोचन गरे ।  

कार्यक्रममा रिसालले नेपालको भाषा, संस्कृति, रीतिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले प्रशंसनीय भूमिका खेलेको र ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए । काठमाडौँ महानगरपालिका २९ का अध्यक्ष कुश कुमार ढकालले सञ्चारकर्मीले तरकारीमा देखिएको विषादी आतङ्क न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले सञ्चार कर्मबाटै परिचय बन्ने भएकाले समाज परिवर्तनका पक्षमा क्रियाशील हुन शुभकामना दिए ।

गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नवराज लामाले सामूहिक काममा जोड दिन सुझाव दिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष तथा कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपालले कल्याणकारी कोषलाई बढवा दिददै अघि बढ्ने र सो अभियानमा साथ दिन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे । संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले देशभरका लोक सञ्चारकर्मीहरुलाई गोलबन्द गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बाग्मती अभियन्ता दुर्गा सापकोटा, कुलेखानी ड्याम साइट होटेलका सञ्चालक हिरा गोपाली लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरि प्रसाद दुलालले राखेका थिए भने कार्यक्रम को सन्चालन संस्थाका सचिब कमल सरगमले गर्नु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्