रुपन्देही–२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

बुटवल, ५ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो । सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । बैठकले मतगणनाबारे निर्णय गर्ने छ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्