थाइल्यान्डबाट ३६ किलो गाँजा ल्याउने ३ जना काठमाडौं विमानस्थलमा पक्राउ

खबर बुक
  • ख-
  • ख+

२९ चैत, काठमाडौं । थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

२६ किलो १० ग्राम गाँजासहित २ जना र १० किलो गाँजासहित १ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । २६ किलो गाँजासहित प्रहरीले भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएललाई पक्राउ गरेको छ । उनीहरू थाई एअरको उडानमार्फत् बैंककबाट काठमाडौं आएका थिए ।

त्यसैगरी १० किलो गाँजासहित प्रहरीले भारतीय नागरिक २५ वर्षीय इर्फान अहमद कासलिपारम्बिल बशिरलाई पक्राउ गरेको छ ।

उनी बिहीबार थाई एअरको विमानमार्फत काठमाडौं आएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्