शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १९ चैत । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । 

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्