तीनकुनेको घटना आपराधिक हो -उपेन्द्र यादव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १८ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौंको तीनकुनेको घटना आपराधिक भएको बताउनुभएको छ । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाले लोकतन्त्रमा सबैले आआफ्नो विचार राख्न र बोल्न पाउने भएता पनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताउनुभयो ।

राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यसदिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्ने उहाले बताउनुभयो ।

सरकार संसद् र सिंहदरबारमा मजबुत रहेता पनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलीया, भ्रष्ट र कमीशनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताउनुभयो । राजनीतिक दलहरुले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्