विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं

खबर बुक
  • ख-
  • ख+

१८ चैत, काठमाडौं ।  काठमाडौंको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ ।

स्वीट्जरल्याण्डमा रहेको  प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ ।

काठमाडौंको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायु प्रदूषण छ ।

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्