सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते

खबर बुक
  • ख-
  • ख+

भैरहवा, ४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएकाे थियाे ।

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउकाे चाेट लागेकाेपछि तबरेजकाे भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेकाे छ।

विवादकाे कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेकाे थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएकाे थियाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्