होमस्टे सञ्चालकहरूको लागि तीन दिने आतिथ्य तालीम सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काभ्रे, १६ चैत । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यतामा काभ्रे जिल्लास्थित बल्थली कोलभन्ज्याङ सामुदायिक होमस्टेमा आयोजित तीन दिने होमस्टे संचालकहरूको आतिथ्य तालिम कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा बागमती प्रदेशका काठमाण्डौं, भक्तपुर र काभ्रे जिल्लामा संचालित १६ वटा संस्थागत होमस्टेबाट ३४ जना होमस्टे कर्मीहरूको उपस्थितिरहेको थियो । तालिम कार्यक्रममा होमस्टे संचालकहरूलाई पर्यटन र आतिथ्यताको क्षेत्रमा दक्षता अभिवृद्धि गर्नका लागि विभिन्न महत्त्वपूर्ण विषयहरूको प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षण कार्यक्रमले होमस्टे सञ्चालनका विधि, ग्राहक सेवामा सुधार, र स्थानिय समुदायलाई पर्यटनको फाइदा पुर्‍याउने उपायहरूको बारेमा गहिरो छलफल गर्न अवसर प्रदान गरेको र बागमती प्रदेशमा होमस्टे व्यवसायलाई सुदृढ गर्न र देशभरका आगन्तुकहरूलाई उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले तालीम संचालन गरीएको होमस्टे महासंघ नेपालका कोषाध्यक्ष एवं प्रशिक्षक सुरज बास्तोलाले बताउनु भयो ।

मन्त्री महर्जनले कार्यक्रममा सहभागीहरूलाई शुभकामना दिनुका साथै प्रदेशको पर्यटन क्षेत्रको विकासमा होमस्टे मार्फत स्थानीय समुदायलाईनै आर्थिक रुपमा अगि बढाउन सहयोग मिल्ने कुरालाई जोड दिनुभएको थियो ।

कार्यक्रमको संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशले आयोजना तथा होमस्टे महासंघ नेपाल, बागमती प्रदेशले सहकार्य गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्