प्रतिनिधिसभाको बैठक सोमबार ११ बजे बस्ने गरी स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। प्रतिनिधिसभाको बैठक भोली सोमबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ। कुलमान बर्खास्त प्रकरणमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारदेखि संसद बैठक अवरुद्ध भइरहेको छ।

आइतबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा नबस्न सक्दा दिउँसो ४ बजेका लागि सारिएको थियो। तर, चार बजे पनि बैठक बस्न नसक्दा सोमबारको बैठकको समय निर्धारण गरिएको संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिएका छन्।

संसदको अवरोध जारी रहँदा कुलमान बर्खास्त प्रकरणमा राजनीतिक दलहरू बीच सहमति कायम गर्नुपर्ने दबाब थपिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्