नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

खबर बुक
  • ख-
  • ख+

१७ चैत, काठमाडौं । काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुई जना घाइते भएका छन् ।

शनिबार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ -०१-०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्