सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १६ । पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूले माग गरेका छन् ।

शनिबार बिहान माइतीघर मण्डलमा क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् ।

शुक्रबार फोटो तथा भिडियो खिच्ने क्रममा एभीन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगजनीमा परी मृत्यु भएको थियो । उनको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकार विरोधमा उत्रिएका हुन् ।

स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न पनि पत्रकारले माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्