राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए ।

उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्