गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैैत ।  गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो ।

बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा, र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशलादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्