दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खस्याे- निर्वाचन आयोग

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसको जनाएको छ ।

आइतबार दिउसो पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले केहि स्थानबाहेक देशैभर उत्साहपूर्व ढंगले निर्वाचन भइरहेको र करिब ३२ प्रतिशत मत खसेको जानकारी दिनुभएको हो । उहाले निर्वाचनमा समस्या देखिएका स्थानमा समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

चिसोका कारण बिहान मतदान गर्नेका संख्या कम भएपनि अहिले बढ्दै गएको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्