कुलमानको बिषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित होइन- महेश बर्ताैला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १४ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको बिषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताउनुभएको छ ।

बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको बिषयलाई सदनमा उठान गर्नु संविधान बिपरित भएको समेत बताउनुभयो । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न दिन्न भनेर बिपक्षी दलले संविधान बिपरितको काम गरेको उहाले बताउनुभयो । उहाले कुलमानका बिषयमा बिभागिय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराएपनि बिपक्षी दलले अस्वीकार गरेको जानकारी दिनुभयो ।

बिपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्कृय बनाउनका लगाउनका लागि उद्दत देखिएको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्