काठमाडौं, चैत्र १३ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन ।
पौडेलका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । यस्तै दुर्घटनामा परी २७ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी बुटवलमा उपचारका लागि लगिएको छ ।












