पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो

खबर बुक
  • ख-
  • ख+

पाँचथर, ४ मंसिर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ ।

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि  मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्