फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १ । फिल्म ‘होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ ।

फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात् बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ ।

आज शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ । 

सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।\

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्