आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता सम्पन्न, तारा थापाको टिम विजयी

खबर बुक
  • ख-
  • ख+

२२ फागुन, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाको सक्रियतामा आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ निकै भव्यताका साथ सम्पन्न भएको छ ।

देशकै उत्कृष्ट जिल्ला चितवनमा ४ दिनसम्म चलेको उक्त कार्यक्रममा देशका चर्चित कलाकारहरुको सहभागीमा कार्यक्रम सम्पन्न भएको हो । भरतपुरकी मेयर रेणु दाहालको साथ र सहयोगमा यो कार्यक्रम चितवनमा आयोजना गर्न सम्भव भएको प्रतिष्ठान की अध्यक्ष रिता थापाले जानकारी दिइन ।

यस पटक सम्पन्न भएको दोहोरी प्रतियोगीतमा ४२ वटा लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट बन्न सफल भएको छ । यो जोडिले लामो समयदेखी लोकदोहोरी प्रतियोगीतामा भाग लिदैँ आएका थिए ।

उनीहरु विजयी भएसँगै लालीगुँरास डटकम सँग कुराकानी गदैँ खुसी लागेको र आगामी कार्यक्रममाहरुमा नयाँ प्रतिभाहरुलाई स्थान दिने बताएका छन । पछिल्लो समयमा रिता थापाको सक्रियतामा लोकदोहोरी क्षेत्रमा नयाँ नयाँ कालाकारको पनि उदय भैरहेको छ ।

फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित खुला दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट भएका हुन । उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्

म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेका छन् । यस्तै, अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली चितवन र नवलपुर क्रमशः तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार तेह्रथुम जिल्लाका पुरुष कलाकार र भावना अर्याल उत्कृष्ट नव गायिका बन्दै सबैले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र पाए यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल र गायिका कालिकोटका महिला कलाकारले प्राप्त गरे ।

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गरे । अर्को बर्ष पनि यो कार्यक्रम चितवनको भरतपुरमै आयोजना गर्ने मेयर दाहालले घोषण समेत गरेकी छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्