पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ मंसिर ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्