पर्वतमा जीप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

न्युज कारखाना
  • ख-
  • ख+

पर्वत, ३० कात्तिक

पर्वत जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप सात जना घाइते भएका छन् ।

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग१ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले बताए ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्