बलात्कारबाट बसेकाे गर्भ पतन गराउने पक्राउ

न्युज कारखाना
  • ख-
  • ख+

बारा, ३० कात्तिक

बलातकारबाट बसेकाे गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति भने फरार रहेका छन् ।  गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गर्भवती नाबालिकालाई तेलीले ललाईफकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्