श्रीविजया एयर बोइङ दुर्घटनाः पाइलटको रेसपोन्समा ढिलाई र थ्रोटल प्रणालीमा त्रुटी

खबर बुक
  • ख-
  • ख+

बाली–इन्डोनेसियाका अनुसन्धानकर्ताहरूले गत वर्ष ६२ जनाको मृत्यु हुने गरी भएको श्रीविजया एयर बोइङ ७३७–५०० विमान दुर्घटनामा थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ भएको बताएका छन् ।

उडान एसजे–१८२ सन् २०२१ को जनवरीमा जाकार्ताबाट उडेको केही मिनेटपछि जाभा सागरमा खसेको थियो । दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

आफ्नो अन्तिम रिपोर्टमा अन्वेषकहरूले विमान दुर्घटनामा बारम्बार त्रुटिपूर्ण थ्रोटल प्रणाली सहित धेरै कारकहरूलाई दोष दिएका छन् । ६ वर्षको अवधिमा यो इन्डोनेसियाको तेस्रो प्रमुख हवाई दुर्घटना हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्