काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले आफू दुःखी भएको बताएका छन् ।
उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि असर पुर्याएको बताएका छन् । ओलीले यस घटनाबाट संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने पाठ सबैलाई सिकाएको फेसबुकमार्फत बताएका छन् ।
एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ’, ओलीको भनाइ छ ।
उनले बाल गायक सचिनप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।










