युट्युबमा करोड पटक हेरियो ‘पूर्णबहादुरको सारंगी’ को गीत ‘रैयाँ चाँदीको’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , ७ मंसिर। सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा समावेश गीत ‘रैयाँ चाँदीको’ लाई युट्युबमा एक करोड पटक हेरिएको छ। 

आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतले एक महिनामा शुक्रबार बिहानसम्म १० मिलियन भ्युज पाएको हो। 

दोहोरी ब्याटल शैलीको यो गीतका शब्द नवराज पन्तका हुन् भने संगीत आशिष अविरलकै हो। 

भिडिओमा फिल्मका शीर्ष कलाकार विजय बराल र अञ्जना बराइलीसहित मुकुन भुसाल, बुद्धि तामाङ लगायत छन्। यो गीतले रिलिज हुनासाथ चर्चा पाएको थियो।

टिकटक, रिल्स लगायतमा पनि गीत निकै चलेको छ।

सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ बिहीबारदेखि चौथो सातामा प्रवेश गरेको छ। घरेलु बजारमा ४० करोड हाराहारी कमाइ गरिसकेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्