आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भोजपुर, २४ कात्तिक । भोजपुरको हतुवागढी गाउँपालिका–५ भुरुडाँडा नेवार टोल बस्ने शन्त कुमार राईको घरको छेउमा रहेको भान्सामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शन्त कुमारको छोरा ५ वर्षीय आयुष राई रहेका छन् ।

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएकी शन्त कुमार राईकी श्रीमतीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

आगलागीबाट करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्