विश्वकपका कारण कतारमा अफिस समय परिवर्तन, नेपाली दूतावास विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ कात्तिक । फिफा विश्वकप २०२२ को तयारीको लागि कतार सरकारले सरकारी कार्यालयहरु खुल्ने समय परिवर्तन गरेको छ ।

कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको हाे ।

सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ ।

‘फिफा विश्वकप २०२२ को तयारीका लागि सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन गर्ने बारे कतारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई ध्यानमा राख्दै २०७९ कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी पुस ५ गतेदेखि दूतावास पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्