काठमाडौ, ३० मशिर । भक्तपुरको मध्यपुर थिमी–२ सानोठिमीमा गएराति टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ। दुर्घटनामा काभ्रे रोशी गाउँपालिका– १० घर भई गठ्ठाघर बस्ने २३ वर्षको विशाल मैनालीको मृत्यु भएको हो।
स्कुटीलाई ठक्कर दिने टिपरका चालक ४२ सिुरेश तामाङलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको ढुंगानाले बताए।









