अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्