नेतन्याहुले भने, ‘हमासलाइ समाप्त गर्नेछाैं’, बनाए बिपक्षी समेटेर संयुक्त सरकार

खबर बुक
  • ख-
  • ख+

तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ । यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्।

उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’ गत शनिबार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन ।

उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौं।’इजरायलका रक्षामन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’

उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बीचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका छन्। यस नयाँ आपतकालीन सरकारमा पूर्व रक्षामन्त्री बेनी गान्ट्जलाई पनि समावेश गरिएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार इजरायलले गाजामा गरेको आक्रमणपछि अहिलेसम्म ३ लाख ३८ हजार मानिस विस्थापित भएका छन् ।  बीबीसीका अनुसार इजरायलले हमासको कब्जामा रहेको गाजा पट्टी क्षेत्रमा करिब ३ लाख रिजर्भ फोर्स तैनाथ गरेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्