पाकिस्तानमा प्रहरीले अहमदी समुदायका धार्मिक स्थल भत्कायो

खबर बुक
  • ख-
  • ख+

कराँची, १५ भदौं । पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले अल्पसंख्यक अहमदी समुदायका दुई धार्मिक स्थलका मीनार भत्काएको छ । केही कट्टरपन्थीहरूले मिनारहरू अवैध रूपमा निर्माण गरिएको आरोप लगाउँदै आए पछि प्रहरीले भत्काएको हो ।

समाचार अनुसार  जमात ए अहमदिया पाकिस्तान पञ्जाबका अधिकारी आमिर महमूदले शेखपुरा र गुजरात जिल्लाहरूमा अहमदी तीर्थस्थलका मीनारहरू कट्टरपन्थी इस्लामवादीहरूको दबाबमा पुलिसले भत्काएको जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्