क्वालालम्पुर, १ भदौं । मलेसियामा एक बाबुले आफनै नाबालिग छोरीहरुसँग सम्बन्धलाई लाजमर्दो बनाएर बलात्कार गरेको घटनालाई सार्बजनिक भएको छ ।सो बलात्कार तथा यौंन हिंसा गर्ने बाबुलाई त्यहाँको अदालतले ७०२ वर्ष कैद र २३४ कोर्रा हान्ने सजाँय सुनाइएको छ ।
समाचार अनुसार एक ५३ वर्षीय बुबाले सन् २०१८ देखि २०२३ सम्म दुई बालिकालाई ३० पटक बलात्कार गरेको स्वीकार गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
रिपोर्टका अनुसार जेठी छोरी गर्भवती भएपछि राक्षसी पिताको क्रूरता बाहिर आएको थियो । यो घटना मलेसियाको जोहोर राज्यको मुआर क्षेत्रमा भएको हो । जहाँ यी व्यक्तिले आफ्नी छोरीहरूलाई वर्षौंदेखि काम वासनाको शिकार बनाउँदै आएका थिए । यस मुद्दामा फैसला सुनाउँदै अदालतले सजाय सँगै चल्नुपर्ने बताएको छ ।
माचार अनुसार अदालतले सजाय पाएका व्यक्ति पेशाले सरसफाइ कर्मचारी हुन् । उनका दुई फरक श्रीमतीबाट छोरीहरू छन्, जससँग उनको वर्षौंदेखि अबैध सम्बन्ध थियो। समाचार अनुसार दुवै पीडित विभिन्न क्षेत्रमा बस्दै आएका थिए । आरोपीले अन्तिम पटक आफ्नी छोरीलाई जुलाई ९ मा बलात्कार गरेका थिए ।
समाचार अदालतमा आफ्नो कार्यप्रति पश्चाताप व्यक्त गर्दै अभियुक्तले सजाय घटाउन अपिल गरेका थिए, जसलाई न्यायाधीशले तुरुन्तै खारेज गरेका थिए । यससँगै न्यायाधीशले अपराध निकै गम्भीर रहेको बताए । ‘यस्तो अवस्थामा यो सजायले तपाईलाई आफ्नो गलत कार्यहरू विचार गर्न र तपाईका गम्भीर गल्तीहरूबाट सिक्न उत्प्रेरित गर्नेछ।’
त्यसपछि अदालतमा दोषी बाबुले आफ्नो अपराध स्वीकार गर्दै ‘आफ्नो कर्मको सजाय स्वीकार गर्छु’ भनेका थिए ।बाल यौन अपराधीलाई यस प्रकारको लामो जेल सजाय मलेसियाको कानुनी प्रणालीमा नयाँ कुरा होइन । यसअघि हालै जोहरका एक व्यक्तिलाई आफ्नी १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा २१८ वर्ष जेल र ७५ कोर्रा हान्ने सजाय सुनाइएको थियो ।
न्युज कारखाना










