चीनमा बाढीमा परेर दुइ जनाकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, २७ साउन । चीनमा बाढीमा परेर दुइ जनाकाे मृत्यु भएकाे छ ।

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियान सहरमा मुसलधारे वर्षाका कारण चट्टान र माटो खस्दा दुई जनाको मृत्यु भएको हाे ।

चिनिया समाचार संस्था सिन्ह्ववाका अनुसार साे घटनामा परेर अन्य १६ जना बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले हालसम्म फसेका चार जनाको उद्धार गरेका छन् र उद्धार कार्य जारी छ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्