वासिंग्टन डिसी, २३ साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् ।
सन् २०२० मा भएको निर्वाचनमा ट्रम्पले पराजयको सामना गर्नुपर्यो तर उनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसपछि जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले राजधानीमा आक्रमण गरेका थिए। डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणमा असफल मानिएको थियो । यसपछि ट्रम्पमाथि हारका बाबजुद पनि पदमा बसेको आरोप लागेको थियो ।
त्यसैले ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाइएको छ। न्यायाधीश तान्या चुटकनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले मुद्दाको जिम्मेवारी सुम्पएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै वाशिङटनमा ‘निष्पक्ष सुनुवाइ हुने नसक्ने भन्दै अरु कुनै उपाय लगाउनु पर्ने बताएका हुन । जसकाकारण आफनो मुद्दालाई अन्य अदालतमा स्थानान्तरण गर्न माग गर्ने भएका छन् । तर, अदालतमा कुनै औपचारिक अनुरोध भने अझै दायर गरिएको छैन ।
न्युज कारखाना










