कोसोभोको संसद् बैठकमा सांसदबीच कुटाकुट

खबर बुक
  • ख-
  • ख+

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ ।

उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो ।

सांसदबीचको कुटाकुट रोक्न प्रहरी नै परिचालन गरिएको थियो । प्रधानमन्त्री कुर्तीलाई सुरक्षा घेराबाट बाहिर निकालिएको थियो ।

कुटाकुटपछि संसद् बैठक दुई घन्टाका लागि स्थगित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्