नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद, छलफल जारी

खबर बुक
  • ख-
  • ख+

विलनियस, २७ असार । स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाइ सबै देशको सहमति मिलेकाे छ तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ ।

नाटोको नजर युक्रेनको दावीमा अड्किएको छ तर मतभेदका कारण अहिले सदस्य बन्न उसलाइ गाह्रो देखिएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाइ प्रवेश नदिने नाटोको याेजनलाइ ‘बेतुक’ भनेका छन् ।

यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन (NATO) का महासचिव जेन्स स्टोल्टेनबर्गले भने कि युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउनेछ। ‘गठबन्धनका नेताहरूले रुसी आक्रमणको नतिजाबारे छलफल गर्न सँगै भेला हुनेछन्। किभले थप सैन्य सहायता प्राप्त गर्नेछ र गठबन्धनसँग सहकार्यको नयाँ ढाँचामा सामेल हुन औपचारिक सर्तहरू सहज बनाइनेछ,’ स्टोल्टेनबर्गले भने।

“म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ,” उनले शिखर सम्मेलनको आयोजना गर्नुभन्दा केही घण्टा अघि भनेका छन् ।

टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नाटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएकाे बताएका छन् ।

यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नाटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए ।

नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नाटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए । रूसको आणविक बयान लापरवाह र खतरनाक रहेकाे उनकाे प्रतिक्रिया रहेकाे छ । नाटोका सहयोगीहरूले रुसले के गरिरहेको छ ? भनेर नजिकबाट निगरानी गरिरहेका छन् । हामी सतर्क रहनेछौं किनकि हामीले अहिलेसम्म रूसी आणविक तैनातीको स्थितिमा कुनै परिवर्तन देखेका छैनौं।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्