टाइटनिक भग्नावशेष नजिक आवाज सुनियो तर जहाज भेटिएन्

खबर बुक
  • ख-
  • ख+

क्यानडा, ७ असार । टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस बोकेको टाइटानिक पनडुब्बी आइतबार दिउँसोदेखि बेपत्ता छ । बीबीसीका अनुसार पनडुब्बीमा केही घण्टा मात्रै अक्सिजन बाँकी छ । अमेरिकी कोस्ट गार्डले बिहीबार बिहानसम्म पनडुब्बीमा अक्सिजन सकिन सक्ने बताएको छ ।

क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएको छ । टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो। आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो । त्यसपछि ४ घण्टा पछि सोनारले उनीहरुलाई फेरि पत्ता लगाए ।

आइतबार देखी हराएको सो पर्यटक पनडुब्बी ‘टाइटन’ जहाज एट्लान्टिक महासागरमा अझै भेटिएको छैन । जहाजमा पाइलट र ४ जना यात्रु सवार थिए । १८ जुनको दिउँसो समुन्द्रमा पसेकाे साे पनडुब्बी १ घण्टा ४५ मिनेटपछि राडारबाट हराएको थियो ।

अब यसमा केवल २० घण्टाको लागि मात्रै अक्सिजन बाँकी रहेको छ । तर, जहाज कहाँ छ अझै पत्ता लागेको छैन । खाेजी कार्य जारी राखिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्