ग्रीसमा डुंगा दुर्घटनामा तीन सय पाकिस्तानीको मृत्यु भएको आशंका

खबर बुक
  • ख-
  • ख+

इस्लामाबाद । ग्रीसमा भएको भयानक डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारबाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ।

ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाईएको छ । हालसम्म १२ जना पाकिस्तानी जीवितै फेला परेका छन् । ‘सो दुर्घटनाले गैरकानूनी रूपमा युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने पाकिस्तानीहरूको दुर्दशालाई उजागर गर्‍यो’ सरकारका आलोचकहरुले टिप्पणी गरेका छन् ।

समाचार अनुसार दुर्घटनाग्रस्त डुङ्गामा ४ सय पाकिस्तानी, २ सय इजिप्ट र १ सय ५० सिरियाली नागरिक थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्