सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ वैशाख । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ ।

प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ ।

सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्