मिटरब्याज पीडित र सरकारी टोलीबीच वार्ता,भाेली फेरी छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ चैत । मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।

आज काठमाडौंको शान्तिबाटीका भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरुका बिषयमा जानकारी गराएका छन् ।

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार भाेली पुन वार्तामा बस्ने जनाएका छन् । वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो ।

गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरुको माग सहितको पत्र प्राप्त भएको जानकारी दिनुभयो । उहाले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताउनुभयो ।

सोमबार भाेली  पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उहाको भनाइ छ ।

त्यस्तै पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पुरा हुने वा नहुने टुङ्गो लाग्ने बताउनुभयो ।

उहाले सरकारसंग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताउनुभयो ।

चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्