प्रतिनिधिसभा बैठक बस्दै : कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ चैत । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसाे १ बजे बस्नेछ ।

बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सबन्धि बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्